आयरल्याण्ड वुल्भ्सविरुद्धको सिरिजमा नेपालको क्लीन स्वीप

डिसी नेपाल
१३ चैत २०८० १६:४६
72
Shares

काठमाडौं। नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको टी-२० सिरिज क्लीप स्वीप गरेको छ। मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २–० ले जितेको हो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वुल्भ्सले १८.३ ओभरमा अलआउट हुदै १२७ रन बनायो। आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाए।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३–३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल र बिबेक यादवले एक एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो।

नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र विवेक यादवले ७ रन बनाए।

त्यसैगरी आयरल्याण्ड वुल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *