गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना
काठमाडौं । आईपीएल टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । ढिलो ओभर रेटका कारण उनले यो जरिवाना तिर्नुपर्नेछ ।
आइपीएल २०२४ मा खेलिएको आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोलीले चेन्नई सुपर किंग्स विरुद्ध मैदानमा उत्रियो। टोलीले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ। यही कारणले टिमका कप्तान शुभमन गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । नोटिसमा भनिएको छ, “यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ।”
मुम्बई इन्डियन्सविरुद्धको पहिलो जितपछि गुजरात टाइटन्सले हार बेहोरेको छ । मंगलबार टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदान उत्रिएको थियो ।
चेन्नई सुपर किंग्सले ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्स पिचमा आए पनि टिमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । टिमले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment