मलेसिया सरकारको असहयोगका कारण जिबी राईलाई पक्राउ गर्न कठिनः महानिरीक्षक कुँवर

डिसी नेपाल
१४ चैत २०८० १६:१८

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले जिबी राईलाई मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न कठिन भएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उनले इन्टरपोलमार्फत् रेड नोटिस जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताएका हुन्।

उनले जिबी राईलाई पक्राउ गरेर नेपाल ल्याउने बिषयमा गृहमन्त्रीले समेत तत्परता देखाएको जिकिर गरे। महानिरीक्षक कुँवरले सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछाने बिषयमा बिभिन्न कोणबाट बहस भएपनि अहिलेसम्म कुनै प्रमाण फेला पर्न नसकेको दाबी गरे।

त्यस्तै महानिरीक्षक कुँवरले पीएसओ र गाडी छोडेर हिँडेपछि शंका उत्पन्न भएकाले माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको स्पष्ट पारे।

उनले यस बिषयमा कुनै दवाव र प्रभावमा नपरेको भन्दै अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए।

उनले कांग्रेस सांसद बिनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा नै बयान सकिने भएकाले प्रक्राउ नगरिएको स्पष्ट पारे। बयान लिँदा व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण हुने भएकाले बयानका बिषयमा संसदमा जानकारी गराएको बताए। किर्ते मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *