दिल्लीको लगातार दोस्रो हार, राजस्थान १२ रनले विजयी

डिसी नेपाल
१६ चैत २०८० ६:२५
68
Shares

काठमाडौं।इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्समाथि १२ रनले विजयी भएको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।

दुई खेल खेल्दा दिल्ली क्यापिटल्स भने अंकबिहीन बनेको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले ५ विकेटको क्षतिमा १८५ रन जोडेको थियो। राजस्थानका लागि रियान परागले नटआउट सर्वाधिक ८४ रन बनाए।

४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे। रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेल २०, कप्तान सञ्जु स्यामसनले १५ रन जोड्दा शिमरोन हेटमायरले नटआउट १४ रन बनाए।

दिल्लीका लागि खलील अहमद, मुकेश कुमार, एन्डिट नटर्जी, अक्षर पटेल र कुलदीप यादवले एकएक विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको दिल्ली १७३ रनमा समेटिएको हो। उसका लागि डेबिड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। उनी एक रनले अर्धशतक बनाउन चुके।

२३ बल खेलेका ट्रिस्टन स्टब्सले नटआउट ४४ रन जोडे पनि दिल्लीलाई जिताउन सकेनन्। कप्तान ऋषभ पन्तले २८, मिचेल मार्शले २३ रन बनाउँदा अक्षर पट्टेले नटआउट १५ रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *