आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

डिसी नेपाल
१६ चैत २०८० १६:१७

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पूरा गरेका हुन्।

बमले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए। लोकेश १०६ रन बनाएर आउट भएका छन्।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *