सेफ्टी ट्यांकमा निसासिएर एक जनाको मृत्यु

डिसी नेपाल
१७ चैत २०८० २०:११
156
Shares

जनकपुरधाम। धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।

सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए। उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *