संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं। आज संवैधानिक परिषदको बैठक सुरू भएकाे छ। बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक बस्न लागेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेको छ।
प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

परिषद्मा अध्यक्ष प्रचण्ड, सदस्यहरुमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ,उप सभामुख इन्दिरा राना छन्। विपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment