मोटरसाइकल एक आपासमा ठोक्किँदा २५ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
१८ चैत २०८० ११:३५

राैतहट। आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएकाे छ।

यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन्। आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे निधन भएको प्रहरीले जनाएकाे छ।

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको थियो।

दुर्घटना हुँदा खेरी नै बौधीमाई न.पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएको थियो । तर, अस्पतालले उनलाइ मृतक घाेषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *