गृहमन्त्री रविसँग मेयर साम्पाङको भेटः लागू औषध नियन्त्रणका विषयमा कुराकानी (भिडियो)

डिसी नेपाल
१८ चैत २०८० १५:१६

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका छन्।

आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका हुन् । उनले लागू औषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिए।

छलफलमा साम्पाङले बिभिन्न बिषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *