हुँदै नभएको विश्वकप छनोटको खेलमा जापानलाई उत्तर कोरियाविरुद्ध विजयी घोषणा
काठमाडौं । जापान पुरुष फुटबल टोली उत्तर कोरिया विरुद्धको निलम्बित विश्वकप छनोट खेलको विजेता घोषित भएको छ।
यो खेल गत मंगलबार प्योङयाङमा हुने थियो तर उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको छैन ।
विश्व फुटबलको नियामक निकाय फिफाले जापानलाई यो खेल नभएको खेलको विजेता घोषणा गरेको छ । जापान ३–० ले विजयी घोषित भएको छ ।
आणविक कार्यक्रमका कारण उत्तर कोरियामाथि धेरै प्रकारका प्रतिबन्ध लगाइएको छ । यो संसारको सबैभन्दा पृथक देश मध्ये एक हो। किम जोङ-उनले यहाँ शासन गरिरहेका छन् र त्यहाँ सामान्य मानिसहरूमाथि धेरै कडा प्रतिबन्धहरू छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment