आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी
काठमाडौं। नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी–२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाए। आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन्। त्यस्तै रसिद खानले २४ रन बनाए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिए।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी–२० सिरिज २–१ ले जितेको छ। अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल बुधबार हुने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment