कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ।
प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५ः५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखे जिम्मेवारी तोकेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment