लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

डिसी नेपाल
२२ चैत २०८० ६:३८
36
Shares

दाङ। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक आज बस्दै छ। प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक आह्वान गरेका थिए।

दिउँसो ४ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी छ। चैत २ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो। सरकारमा सहभागी दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

गत बैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। तर, राजनीतिमा आएको फेरवदलका कारण उनले फेरि विश्वासको मत लिने स्थिति बनेको छ।

८७ सदस्यीय प्रदेश सभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। कांग्रेस २७, नागरिक उन्मुक्ती पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेश सभा सदस्य छन्।

एमालेका २९ माओवादी सभामुख बाहेक १०, जसपा ३ र एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *