१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

डिसी नेपाल
२२ चैत २०८० ७:०५

काठमाडाैं। नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको बढुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको जनाएको छ।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको थियो। सोहीअनुसार बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *