जसपाले समानुपातिक सांसदमा बाँकेकी हसिना खानलाई पठाउने

डिसी नेपाल
२२ चैत २०८० १०:०४
156
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक विहिबार बसेर खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउन लागेको हो।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो ।

तर, मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *