सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

डिसी नेपाल
२२ चैत २०८० १०:२१
408
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन्। आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि शुरु हुने प्रदेस सभाको बैठकमा मतदान हुने छ।

५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन। प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् ।

अहिले मुख्यमन्त्रीलाई कांग्रेस बाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन। नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *