लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामाको तयारीमा

डिसी नेपाल
२२ चैत २०८० १३:१८
80
Shares

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामाको तयारी गरेका छन्। बिहीबार अपराहन्न ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने भएका हुन्।

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन्।

प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ।

गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन्।

८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, जसपा, राप्रपा र लोसपाको ३-३ तथा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र सांसदको १-१ सिट रहेको छ। बहुमतको लागि ४४ मत आवश्यक पर्दछ।

नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी रहन्छ। नयाँ सत्ता समीकरणमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *