सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

डिसी नेपाल
२४ चैत २०८० १४:५४
40
Shares

काठमाडौं। नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन्।

इलाम-२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ। आयोगले आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *