गण्डकीमा दुई मन्त्रीसहित शपथ लिँदै मुख्यमन्त्री अधिकारी

डिसी नेपाल
२५ चैत २०८० १५:५७
180
Shares

काठमाडौं। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन्। दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन्।

अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अधिकारीलाई नेपालको संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *