सेल्फ ड्राइभिङ प्रोजेक्ट बन्द गर्दै एप्पलले हटायो ६१४ कर्मचारी

डिसी नेपाल
२६ चैत २०८० ८:५४

क्यार्लिफोनिया। एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडेपछि ६०० भन्दा बढी रोजगारी कटौती गरेको छ ।

अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा काम गरिरहेका हुन् ।

ब्लूमबर्गका अनुसा राज्यको रोजगार विभागलाई २८ मार्चमा सूचित गरिएको थियो कि ६१४ कर्मचारीहरू मे महिनामा हटाइने छन्।

टेक कम्पनिहरूले हालका वर्षहरूमा सामूहिक रोजगार कटौतीलाइ निरन्तरता दिइरहेका छन् । अन्य फर्महरू भन्दा यो फरक छ तर कोभिड महामारी पछि सयौं हजार रोजगारी कटौती भएका छन् ।

गत वर्ष मेमा एप्पल मालिक टिम कुकले सीएनबीसीलाई भने कि रोजगार कटौती अन्तिम उपायको रूपमा हुनेछ ।

ट्रयाकर लाइफिज डट एफवाइका अनुसार २०२४ मा उद्योगमा हालसम्म ५० हजार भन्दा बढी रोजगारी कटौती भएको छन् ।

जसमा अमेजन, गुगल, माइक्रोसफ्ट, स्न्याप र पेपल जस्ता उच्च प्रोफाइल फर्महरू २०२४ मा रोजगारी कटौतीको घोषणा गर्ने ठुला टेक कम्पनीहरू हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *