सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी

डिसी नेपाल
२६ चैत २०८० १८:१२

काठमाडौं। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ।

सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ।

यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन्। आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *