एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाइने छ: उपाध्यक्ष पौडेल

डिसी नेपाल
२७ चैत २०८० २३:१०
20
Shares

पर्वत। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गरिने बताएका छन्।

एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताए। उनले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताए।

उपाध्यक्ष पौडेलले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव भएको बताए। ‘अन्य दलहरु मुलुक निर्माणका लागि असफल भइसकेका छन्’, उनले भने। विसं २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। एमालेले बहुमत ल्याए पनि सहयात्री वामपन्थी दललाई समेत समटेर सरकार बनाइने उनले उल्लेख गरे।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय सदस्य कल्पना चापागाईलगायतले आ–आफ्नो धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *