गएराति इदको चन्द्रमा देखिएन, अब इद १ दिन पछि मनाइने
काठमाडौं । गएरती इदको चन्द्मा नदेखिएपछि भोलि ११ अप्रिलमा इद मनाइँदैछ । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा इद उल फित्र पर्व मनाइन्छ ।
लखनउको मरकजी चाँद समितिले गएराति चन्द्रमा नदेखिएको र अब ११ अप्रिलमा इद मनाइने जनाएको छ ।
इस्लामिक सेन्टर अफ इन्डियाका अध्यक्ष मौलाना खालिद रशिद फिरंगी महलीले भने, “९ अप्रिल, २०२४ मा आकाश सफा थियो तर चन्द्रमा देखिएको थिएन। देशको अन्य कुनै भागमा चन्द्रमा देखेकोबारे कुनै जानकारी छैन। त्यसैले यसै आधारमा अप्रिल १० गते ३० औ रोजा र ११ गते इद मनाउने घोषणा गरिएको छ ।”
दिल्लीको जामा मस्जिदका इमाम र फतेहपुरी मस्जिदका इमामले पनि ११ अप्रिलमा इद मनाउने बताएका छन् । साउदी अरबमा भने आज बुधबार इद मनाइँदैछ ।
चन्द्रमाको आधारमा हिजरी क्यालेन्डर अनुसार इस्लाम धर्मका चाडपर्व र चलनहरू चल्छन्। यस पात्रोमा पनि वर्षमा १२ महिना हुन्छन् र रमजान नवौं महिना हो ।
मुस्लिमहरूका लागि, चन्द्रमामा आधारित क्यालेन्डर पछ्याउन धेरै महत्त्वपूर्ण छ।
रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरू बिहानदेखि सूर्यास्तसम्म व्रत बस्छन् । यसको मतलब यो अवधिमा उनीहरूले केही खाँदैनन् वा पिउँदैनन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment