साउदी अरेबियाको मक्काको मस्जिदबाट हाम फालेर आत्महत्याको प्रयास गरेपछि…

डिसी नेपाल
२८ चैत २०८० १६:२४

काठमाडौं । इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान साउदी अरबको मक्काको ग्रान्ड मस्जिदमा मंगलबार एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान र ईदको अन्त्य हुनुअघि ती व्यक्तिले आत्महत्याको प्रयास गरेका थिए ।

सुरक्षा अधिकारीका अनुसार ती व्यक्तिले अल–मस्जिद अल–हरमको माथिल्लो तलाबाट हाम फालेका थिए । हाम फालेर ती व्यक्ति घाइते भएका छन् । तर, उनलाई हतारमा अस्पताल पुर्याइयो, जसले उनको ज्यान जोगियो ।

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। तर, आत्महत्याको प्रयास गर्ने व्यक्तिको पहिचान र राष्ट्रियता भने खुल्न सकेको छैन । सामाजिक सञ्जाल साइट एक्समा यो जानकारी दिँदै साउदी अधिकारीहरूले घटनाबारे आवश्यक प्रक्रिया पूरा भइसकेको बताए।

मक्काको मस्जिद भित्र आत्महत्याको यो पहिलो घटना होइन तर यसअघि पनि यस्ता घटना देखिएका छन् । सन् २०१८ मा यस्ता तीनवटा घटना घटेका छन् । एउटा घटनामा, एक इराकी मुस्लिमले पवित्र काबाको परिक्रमा क्षेत्रको उचाइबाट हाम फालेर आत्महत्या गरे।

इस्लाम धर्मावलम्बीहरुको नमाज पढ्ने र काबाको परिक्रमा गर्ने क्रममा काबाको उचाइबाट हुसेन हमिद अल हैदरी नामका एक इराकी व्यक्तिको ज्यान गएको छ ।

सोही वर्षको जुन महिनामा एकजना फ्रान्सेली मुस्लिमले मस्जिदको छतबाट हाम फालेका थिए । उनलाई अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

तेस्रो केस एक बंगलादेशी मुस्लिमको थियो जसमा ती व्यक्तिले मस्जिदको पहिलो तल्लाबाट पवित्र काबाको परिक्रमा क्षेत्रमा हाम फालेका थिए। उक्त व्यक्ति सुडानका एक अधबैंसे व्यक्तिमाथि खसे, उनी पनि घाइते भए र बंगलादेशीले ज्यान गुमाए।

सन् २०१७ मा पनि आत्महत्या प्रयासको घटना सार्वजनिक भएको थियो । साउदी अरबका एक व्यक्तिले मस्जिद परिसरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका थिए तर सुरक्षाकर्मीको चासोका कारण जोगिएका थिए ।

साउदी अरबमा अप्रिल १० बुधबार इद मनाइँदैछ, जसलाई मध्यनजर गर्दै मक्कामा विश्वभरका मानिसहरुको भीड लागेको छ । इद मनाउन संसारभरबाट आएका मानिसहरुको भीड मक्का मस्जिद वरपर जम्मा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *