एप्पलले आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको दियो चेतावनी

डिसी नेपाल
३० चैत २०८० ८:५२

क्यार्लिफोनिया। एप्पलले आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो । एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *