लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्।
शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने विपक्षमा २८ मत परेको थियो।
मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका थिए।
मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले घोषणा गरे।
मुख्यमन्त्री महराको विपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए। उनी चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment