इरानको आक्रमणपछि इजरायलले इरानलाई कस्तो जवाफ दिनेछ ?

डिसी नेपाल
४ वैशाख २०८१ १२:२१

काठमाडौं । इजरायलले इरानविरुद्ध के कारबाही गर्ने भन्ने निर्णय गरेको छैन। इरानविरुद्ध के कारबाही गर्ने भन्ने विषयमा इजरायलमा वार्ता भइरहेको छ, तर त्यो कारबाही के गर्ने भन्ने टुंगो लागेको छैन ।

इजरायली सरकारका प्रवक्ता एवी हाइमनले यो जानकारी दिएका हुन्। एभि हाइमनले इजरायलले पछिल्लो अवस्थालाई नियालिरहेको र युद्ध मन्त्रिपरिषद्को बैठक पनि भइरहेको बताए । “कुनै पनि सार्वभौम लोकतन्त्र जस्तै, हामी सबै भन्दा राम्रो कदम चाल्नेछौं,” उनले भने।

‘के कारबाही गर्ने भन्ने टुंगो लागेको छैन। तर म तपाईलाई सम्झाउन चाहन्छु कि शनिबार राति भएको विष्फोटबाट बच्ने हामी नै थियौं। हाम्रा छोराछोरीको जीवन खतरामा परेको थियो। हाम्रो टाउको माथि मिसाइलहरू प्रहार गरियो।’

इरानले शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको छ । इजरायलले करिब ९९ प्रतिशत ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ ।

इरानले यस हमलालाई सिरियाको राजधानी दमास्कसमा अप्रिल १ मा इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलाको रूपमा वर्णन गरेको छ।

यस हमलामा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।

तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *