इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच वार्ता

डिसी नेपाल
४ वैशाख २०८१ १२:४१

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग मध्यपूर्वको सुरक्षाका विषयमा कुराकानी गरेका छन् ।

इरानले शनिबार इजरायलमा गरेको आक्रमणको सन्दर्भमा यो वार्ता भएको हो। ब्लिन्केनले तमिमलाई अमेरिकाले इरानसँग तनाव बढाउन नचाहेको तर इजरायलसँग उभिने बताए ।

तमिमले आफ्नो सरकारको तर्फबाट क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा पैदा गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

इरानले शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको छ । इजरायलले आफ्नो आकाशमा प्रवेश गर्नु अघि लगभग ९९ प्रतिशत ड्रोन र मिसाइलहरू खसालेको बताएको छ।

इरानले यस हमलालाई सिरियाको राजधानी दमास्कसमा अप्रिल १ मा इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलाको रूपमा वर्णन गरेको छ।

यस हमलामा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।

इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको इजरायलले जिम्मेवारी लिएको छैन। तर यो आक्रमणको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *