इजरायली मन्त्रिपरिषद्‍मा इरानमाथि जवाफी हमला गर्ने योजनाबारे छलफल

डिसी नेपाल
४ वैशाख २०८१ १३:००

काठमाडौं । इजरायली युद्ध मन्त्रिपरिषद्ले इरानको ड्रोन र मिसाइल आक्रमणलाई कसरी जवाफ दिने भनेर छलफल गरेको छ। हालसम्म इजरायलले उक्त बैठकमा कुनै निर्णय भएको बताएको छैन ।

इजरायलका सहयोगीहरूले इरानको कदमको निन्दा गरे तर बेन्जामिन नेतन्याहु सरकारलाई संयमता अपनाउन पनि आग्रह गरे।

इरानले आफ्नो पक्षबाट अब यो मामिला समाप्त भएको संकेत गरेको छ तर इजरायली सेना प्रमुखले इरानलाई अवश्य जवाफ दिइने बताएका छन् ।

लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले भने, “हेर्नुहोस्, हामी हाम्रा कदमहरूको बारेमा सोचिरहेका छौं र हामी निश्चित रूपमा इजरायलमा मिसाइल र ड्रोन प्रहारको जवाफ दिनेछौं।”

यद्यपि, इजरायलले कहिले र कस्तो कारबाही गर्छ भन्ने कुरा भने उनले बताएनन्।

सीआईएका पूर्व प्रमुख डेभिड पेट्रायसले बीबीसी रेडियो फोरको वर्ल्ड टुनाइट कार्यक्रममा इरानविरुद्ध इजरायलको कारबाहीले विश्व अर्थतन्त्रमा असर नपरोस् भन्ने अमेरिकाले चाहेको बताए ।

जनरल पेट्रायसले इराक र अफगानिस्तानमा अमेरिका र उसका सहयोगीहरूको सेनाको नेतृत्व गरेका छन्। उनले इरानको हमला गम्भीर रहेको र इजरायलले यसलाई कसरी हेरिरहेको छ भन्ने कुरा पश्चिमी देशहरूलाई थाहा भएको बताए।

विश्वभरका नेताहरूले पनि मध्यपूर्वको बिग्रँदै गएको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहुलाई आफू इजरायलको सुरक्षाप्रति प्रतिबद्ध रहेको बताए । तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार बाइडेनले इजरायलले इरानविरुद्ध बदला लिने हो भने अमेरिका यसमा संलग्न नहुने बताएका छन् ।

सोमबार बेलायती प्रधानमन्त्री ऋषि सुनकले सबै पक्षले संयम अपनाउनुपर्ने बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले नेतान्याहुसँग कुरा गर्ने र यो विषयलाई कसरी बढ्नबाट रोक्न सकिन्छ भनेर छलफल गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *