मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

डिसी नेपाल
५ वैशाख २०८१ ८:२३

मुम्बई। क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् । अभियुक्तका परिवारका अनुसार विक्की र सागर मुम्बई गएको थाहा थिएन । उनले सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाए पछि अचम्मित भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन्। दुवै अभियुक्तको गाउँमा त्यस्तो आपराधिक छवि छैन। उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन । त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन् ।

विक्कीकी आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए, उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए । तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी उनीहरूलाई थिएन, सुनिता देवीले भनिन् ।

‘होलीको दुई दिनपछि काममा गएको बताएको थियो तर तर कहाँ गएको थाहा छैन। समाचारमा हेरेपछि मात्रै थाहा भयो,’ उनले भनिन । उनका अनुसार एक छोरा र एक छोरीका बाउ हुन बिक्की ।

उता, सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए तर सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताए ।

‘लुधियानामा काम गर्थ्यो। थाहा छैन त्यहाँबाट कसरी गयो रु मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे,’ उनले भने । प्रहरीले उनका भाइ राहुललाई पक्राउ गरी सोधपुछका लागि लगेको छ । ‘उनी निकै साधारण केटा थिए, हामी मजदुर हौं, ज्याला तिरेर खान्छौं,’ उनले भने ।

यस घटनामा प्रहरीले गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनलाई सोधपुछ पछि रिहा गरिएको थियो । अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो । गोली हानेर मोटरसाइकलमा सवार दुईजना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *