इरानले चीनलाई भन्यो- ‘हामी संयम अपनाउन चाहन्छौं…’

डिसी नेपाल
५ वैशाख २०८१ १०:४३

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले हिजो राति इरानी विदेशमन्त्रीसँग वार्ता गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजरायलमा आक्रमण गरेपछि अब “संयमता अपनाउन चाहेको” बताएको छ।

फोन वार्ताका क्रममा इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले वाङ यीलाई “तनाव बढाउने इरानको मनसाय नभएको” र स्थिति “अत्यन्तै संवेदनशील” रहेको बताए।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले भने, “म विश्वस्त छु कि इरानले आफ्नो सार्वभौमसत्ता र सम्मानको रक्षा गर्दै यस क्षेत्रको संकटलाई थप बढ्नबाट रोक्नेछ।”

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – हुसेन अमिर-अब्दुल्लाहियानले वाङलाई इरानको “वैधानिक कार्यहरू” बारे बताए र अमेरिकालाई “निर्णायक, कारबाही गर्न चेतावनी दिए यदि इरानको हित वा सुरक्षामा थप आक्रमणहरू भएमा तुरुन्त र व्यापक जवाफ दिइने बताए।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *