वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

डिसी नेपाल
५ वैशाख २०८१ १७:४१

काठमाडौं। विश्व हिन्दु महासंघले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ। महासंघको ४४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गरे।

त्यस अवसरमा रु ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो। कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो।

मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने प्राडा माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरियो।

रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गरे। विसं २०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रुपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिए।

त्यस अवसरमा महासंघद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकको विमोचन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *