जाभी बार्सिलोनामै रहने

डिसी नेपाल
१३ वैशाख २०८१ १२:४५

काठमाडौं। जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने भएका छन्। यस अघि यस सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरेका जाभीले क्लबका अध्यक्ष र व्यवस्थापनका सिनियर पदाधिकारीहरुसँगको भेटपछि क्लबमै रहन सहमत भएका हुन्।

यस अघि जाभीले पटक पटक आफ्नो निर्णय नबदल्ने बताउदै आएका थिए।

तर पछिल्लो छलफलमा क्लबको अवस्था र भविष्यको योजनाको विषयमा स्पष्ट भएपछि उनले आफ्नो निर्णय बदलेको मिडिया रिपोर्टमा बताइएको छ। बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले केहि दिनमै यस विषयमा घोषणा गर्ने बताइएको छ।

जाभी २०२१ को नोभेम्बर ६ मा बर्सिलोनोको प्रशिक्षक बनेका थिए। उनको नेतृत्वमा बार्सिलोनाले २३९ खेलमा १५२ खेल जितेको छ भने ४६ खेल हारेको छ। त्यस्तै ४१ खेल बराबरी खेलेको छ।

उनको नेतृत्वमा बार्सिलोनाले २-२२-२३ को ला लिगा र सुपर कोपा जितेको थियो।

यस सिजनमा भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि ६ खेल खेल्न बाँकी हुँदा रियल म्याड्रिडसँग ११ अंकले पछाडी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *