आफ्नै मौलिकतामा श्रृंगारिएको बन्दिपुर {फोटोफिचर}

दिपा पौड्याल
१३ वैशाख २०८१ १३:१२

काठमाडौं। सफा शान्त चिटिक्क सजिएका सुन्दर बस्ती, लाग्छ झिस्मिसेमा उठेर सजिएकी नयाँ दुलही जस्ती। आफैं हिड्दा पनि आफ्नै हिडाईको आवाज पनि ठूलो सुनिएको छ की झै लाग्ने शान्त । भित्री मनबाट भन्न मन लाग्ने मेरो देशको थुपै मौलिकताले सजिएको सहर मध्ये एक सुन्दर बन्दिपुर ।

तनहुँको पुरानो सदरमुकाम सहर बन्दिपुर । नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो।

तस्बिरमा हेर्नुहोस्:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *