जर्मनीले पनि गाजाका लागि सहयोग जारी गर्यो, इजरायलको आरोप अस्वीकार

डिसी नेपाल
१३ वैशाख २०८१ १३:०३

काठमाडौं । जर्मनीले गाजामा मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी युएनआरडब्लुएको लागि आर्थिक सहयोग पुनः सुरु गर्ने बताएको छ।

इजरायलले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा यस एजेन्सीका कार्यकर्ताको पनि संलग्नता रहेको आरोप लगाएको थियो । यसपछि विश्वका धेरै देशहरूले युएनआरडब्लुएको लागि रकम रोकेका थिए।

अब एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले खुलासा गरेअनुसार इजरायलले आफ्नो आरोपलाई समर्थन गर्ने प्रमाण प्रदान गरेको छैन। यो प्रतिवेदनपछि जर्मनीले गाजाका लागि पुनः सहायता जारी गर्ने निर्णय गरेको छ ।

यसैबीच इजरायलले यो अनुसन्धान प्रतिवेदनले समस्याको गम्भीरतालाई बेवास्ता गरेको जनाएको छ । योसँगै स्वीडेन, क्यानडा र जापानलगायत धेरै देशले यस राहत एजेन्सीलाई सहयोग गर्न थालेका छन् ।

इजरायलको आरोपपछि यी देशहरूले पनि सहयोग पठाउन बन्द गरेका थिए। जबकि अमेरिका र बेलायतले अझै पनि युएनआरडब्लुएको लागि कोष रोकिरहेका छन्। यो संयुक्त राष्ट्र एजेन्सीले गाजामा सबैभन्दा धेरै मानवीय कार्य गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *