गाजामा सामूहिक चिहानमा शव फेला परेको बारे राष्ट्रसंघले भन्यो – पर्याप्त प्रमाण छैन

डिसी नेपाल
१३ वैशाख २०८१ १३:४७
20
Shares

काठमाडौं । प्यालेस्टाइन क्षेत्रका लागि संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रमुखले नासेर अस्पतालमा भेटिएका शवको हात बाँधिएको ठोस प्रमाण आफूले नदेखेको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै अजित साङ्घेले हात बाँधिएको शवको तस्बिर आफूले देखेको तर यसबाट मात्रै संयुक्त राष्ट्रसङ्घले मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्न सक्ने स्तरको प्रमाण उपलब्ध नहुने बताएका छन् ।

प्यालेस्टिनी नागरिक रक्षा एजेन्सीहरूले गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालबाट तीन सयभन्दा बढी शव निकालेको बताएका छन्। यी शवहरूलाई सामूहिक चिहानमा गाडिएको थियो।

नासेर अस्पतालको घेराबन्दी पछि, यो इजरायली सेनाले कब्जा गरेको थियो। इजरायली सेना गएपछि अस्पताल परिसरमा भेटिएको सामूहिक चिहानमा यी शव फेला परेका थिए।

प्यालेस्टिनीहरूले इजरायलमाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् । यसैबीच, इजरायलले यी आरोपहरूलाई अस्वीकार गर्दै इजरायली सेनाले यहाँ केही गलत नगरेको बताएको छ।

यस हप्ता, जेनेभामा रहेको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले नासेर अस्पतालमा भेटिएका शवहरूप्रति चिन्ता व्यक्त गरेको छ।

मानव अधिकार कार्यालयका प्रमुख भोल्कर टर्कले नासेर अस्पतालमा भएका घटनाहरूको स्वतन्त्र छानबिनको आवश्यकता रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *