आधाभन्दा बढी हिजबुल्लाह कमाण्डर मारिएको इजरायलको दाबी
काठमाडौं । इजरायलका रक्षामन्त्रीले हालैका महिनाहरूमा दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाह कमाण्डरमध्ये आधाभन्दा बढी इजरायली सेनाले मारेको दाबी गरेका छन्।
योभ गलान्टले भनेका छन् – बाँकी कमाण्डरहरू पनि लुकेर बसिरहेका छन्।
अर्को विज्ञप्तिमा इजरायली सेनाले बुधबार दक्षिणी लेबनानमा हिजबुल्लाहसँग जोडिएका ४० वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ।
मङ्गलबार इजरायली हवाई आक्रमणमा दुई लेबनानी नागरिकको मृत्यु भएपछि हिजबुल्लाहले इजरायलमा नयाँ रकेट आक्रमण सुरु गरेको छ । यसको जवाफमा इजरायली सेनाले शुक्रबार कारबाही गरेको हो ।
गाजामा इजरायल र हमासबीच गत वर्षको अक्टोबरमा युद्ध सुरु भएदेखि नै हिजबुल्लाह र इजरायली सेनाबीच सीमामा दैनिक झडप हुने गरेको छ ।
हालैका दिनहरूमा, हिजबुल्लाहले इजरायली सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गर्दै धेरै भिडियोहरू जारी गरेको छ।
गत हप्ता, इजरायली सेनाको आधारमा रकेट आक्रमणमा सर्वसाधारण सहित १८ जना घाइते भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment