अमेरिकामा प्रतिबन्धको खतराबारे टिकटकले दियो यस्तो प्रतिक्रिया, प्रयोगकर्तालाई पनि अपिल

डिसी नेपाल
१४ वैशाख २०८१ ११:४२

काठमाडौं । टिकटकले अमेरिकाको त्यो ‘असंवैधानिक’ कानूनलाई अदालतमा चुनौती दिने बताएको छ, जसको परिणामस्वरूप टिकटक अमेरिकामा प्रतिबन्धित हुन सक्छ।

राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेका छन्।

टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो। तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।

टिकटकका मालिक सु जि चुले भने, “हामी विश्वस्त छौं र अदालतमा हाम्रो अधिकारको लागि लडिरहनेछौं।” उनले भने, “तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौं।”

टिकटकमा जारी गरिएको भिडियोमा, उनले यस बिलको आलोचना गरे र मानिसहरूलाई टिकटकले कसरी उनीहरूको जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथाहरू साझा गर्न आग्रह गरे।

उनले भने, “कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध हो – टिकटकमा प्रतिबन्ध र तपाइँमाथि प्रतिबन्ध, तपाइँको आवाजमा प्रतिबन्ध।”

एउटा छुट्टै बयानमा टिकटकले भन्यो, “सत्य यो हो कि हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौं डलर लगानी गरेका छौं र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *