यु-१९ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा धादिङका ईज्जत दनै सहभागी
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा सुरु भएको आमन्त्रित यु–१९ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा धादिङका ईज्जत दनै सहभागी भएका छन्।
नेपालभरका खेलाडीहरू मध्येबाट छनोटमा परेर उनी बंगलादेशमा आयोजित सो प्रतियोगितामा सहभागिता जनाउन सफल भएका हुन्।
नेपाली टोलीमा दनैसहित सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन्।

सामान्य परिवारबाट संघर्ष गर्दै आएका दनै धादिङको एड्भान्स एकेडेमीमा अध्ययनसँगै भलिबल समेत सिकेका हुन्। विद्यालयका शिक्षक अर्जुनकुमार श्रेष्ठका अनुसार खेलमा निकै रुचि राख्ने उनले सोही विद्यालयबाट अहिले एसईई दिएका छन्।
बंगलादेश पुगेको उक्त नेपाली टोलीले विजयी सुरुवात गर्दै माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरिसकेको छ। नेपाली टोलीको व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment