लखनउमाथि राजस्थानको सहज जित

डिसी नेपाल
१६ वैशाख २०८१ ७:२१

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो। लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए। त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले सर्बाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए।

यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *