सागर ढकालले एकै ओभरमा २ विकेट लिएपछि वेस्ट इण्डिज ए ब्याकफुटमा

डिसी नेपाल
१६ वैशाख २०८१ १२:३७

काठमाडौं । वेस्ट इण्डिज ए विरुद्ध नेपालले कसिलो बलिङ गरिरहेको छ । नेपाली बलर सागर ढकालले एकै ओभरमा २ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरिरहेको वेस्ट इण्डिज ए ब्याकफुटमा गएको छ ।

तेस्रो ओभरमा बलिङ गर्न आएका सागरले आफ्नो ओभरको दोस्रो बलमा एलिक अथान्जेलाई कुशल मल्लको हातबाट क्याच आउट गराए । यस्तै पाँचौं बलमा उनले जोनसन चार्ल्सलाई बोल्ड गरे ।

सागरले यो ओभरमा मात्रै २ रन दिएर २ विकेट लिए । तेस्रो ओभरको समाप्तिमा वेस्ट इण्डिज एले २ विकेटको क्षतिमा १८ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *