हमास र इजरायलबीच युद्धको बीचमा जमाइकाले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको रूपमा मान्यता दियो

डिसी नेपाल
१६ वैशाख २०८१ १३:४२

काठमाडौं । इजरायल र हमासबीच विगत ६ महिनादेखि युद्ध चलिरहेको छ । गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा हालसम्म ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ । यसैबीच क्यारेबियन देश जमाइकाले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिने घोषणा गरेको छ ।

रिपोर्टका अनुसार जमाइकाका विदेशमन्त्री कामिनी जोन्सन स्मिथले जमाइकाले इजरायल–प्यालेस्टाइन चलिरहेको द्वन्द्वको शान्तिपूर्ण समाधान सैन्य कारबाहीको सट्टा कूटनीतिक वार्ताबाट खोजेको बताएकी छिन् ।

प्यालेस्टाइनलाई मान्यता दिने निर्णय राष्ट्रहरूबीच आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्ने तथा जनताको स्वतन्त्र अधिकारलाई मान्यता दिने राष्ट्रसंघको बडापत्र सिद्धान्तअनुरूप भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जमाइका क्यारिबियन सागरमा अवस्थित एउटा टापु देश हो। यो ग्रेटर एन्टिलिज र क्यारिबियनको तेस्रो ठूलो टापु हो। जमाइका क्युबाको लगभग १४५ किलोमिटर दक्षिण र हिस्पानियोलाको १९१ किलोमिटर पश्चिममा अवस्थित छ।

जमाइकाको कुल क्षेत्रफल १०,९९० वर्ग किलोमिटर छ र यसको जनसंख्या २८.१२ लाख छ। जमाइकाको आधिकारिक भाषा अंग्रेजी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *