वेष्ट इण्डिज एले नेपाललाई दियो १६१ रनको लक्ष्य

डिसी नेपाल
१६ वैशाख २०८१ १३:४७

काठमाडौं । किर्तिपुर मैदानमा जारी नेपाल र वेष्ट इण्डिज एको टि–२० सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिज एले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज एले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको हो ।

वेष्ट इण्डिज एका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोटीले ३३ कप्तान रोस्टन चेसले २३, म्याथ्यु फोर्डले ११, जोनसन चार्ल्सले ११, केसी कार्टीले १० रन बनाए ।

नेपालको लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *