इरानले भन्यो- कब्जामा लिएको जहाजका चालक दललाई रिहा गर्न तयार छौं
काठमाडौं । इरानले कब्जामा लिएको जहाजका चालक दलका सदस्यलाई रिहा गर्न तयार रहेको बताएको छ ।
पोर्चुगलको झण्डा बोकेको यो जहाज इरानले दमास्कसस्थित आफ्नो दूतावासमा इजरायली आक्रमणपछि कब्जा गरेको थियो।
इरानको विदेश मन्त्रालयले चालक दलका सदस्यलाई दूतावासका अधिकारीहरूबाट सहयोग उपलब्ध गराइएको जनाएको छ।
यद्यपी इरानले यी सदस्यहरूलाई कहिले रिहा गर्ने भन्नेबारे केही बताएको छैन।
दुई साताअघि इरानको रिभोलुसनरी गार्डले द एरिज नामक जहाजलाई नियन्त्रणमा लिएको थियो । यो जहाजको चालक दलमा जम्मा २५ जना रहेका छन् ।
इरानले यो जहाजले सामुद्रिक नियम उल्लंघन गरेको दाबी गरेको थियो । यो जहाज भाडामा लिएको कम्पनीमा एक इजरायली व्यापारीको पनि सेयर रहेको छ ।
जहाजका चालक दलमा धेरै भारतीय पनि छन् । भारतको विदेश मन्त्रालयले ती व्यक्तिलाई रिहा गर्न इरानसँग कुरा गरेको थियो ।
चालक दलमा रहेकी एक भारतीय महिलालाई इरानले रिहा गरि भारत पठाइसकेको छ ।
इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको दूतावासमा हवाई आक्रमण गरेको थियो, जसमा रिभोलुसनरी गार्डका केही अधिकारीहरू मारिएका थिए।
यस आक्रमणको जवाफमा इरानले यो जहाज कब्जा गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment