हमासले नयाँ भिडियो जारी गर्दैअपहरण गरिएका थप दुई इजरायली जीवित रहेको प्रमाण दियो

डिसी नेपाल
१७ वैशाख २०८१ १२:४०

काठमाडौं । हमासले एउटा नयाँ भिडियो जारी गरेको छ र अपहरण गरिएका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ।

भिडियोमा ओम्री मिरानले आफूलाई २०२ दिनसम्म बन्धकमा राखिएको बताएका छन् । जबकि किथ सिगेलले गत हप्ताको छुट्टीको उल्लेख गरेका छन्।

यसले यो भिडियो हालै रेकर्ड गरिएको देखाउँछ। अक्टोबर ७ मा हमासले आक्रमण गर्दा दुवै इजरायली नागरिकलाई अपहरण गरेको थियो।

भिडियोबारे प्रतिक्रिया दिँदै, ओम्री र किथका परिवारहरूले उनीहरूको रिहाइ नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्।

यससँगै ओम्री र किथका परिवारले इजरायली सरकारलाई उनीहरुको रिहाइका लागि सम्झौता गर्न अपिल गरेका छन् ।

नयाँ भिडियो यस्तो समयमा बाहिर आएको छ जब हमासले युद्धविरामको लागि इजरायलको पछिल्लो प्रस्तावलाई विचार गरिरहेको बताएको छ।

इजरायलका विदेशमन्त्रीले शनिबार भने – यदि बन्धकहरूको रिहाइको लागि सम्झौता भयो भने, रफाहमा नियोजित आक्रमणको निर्णय फिर्ता लिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *