इजरायल र हमासबीच युद्धविरामका लागि प्रयास तीव्र, अमेरिकी विदेशमन्त्री साउदी अरेबिया पुगे

डिसी नेपाल
१७ वैशाख २०८१ १४:४१
28
Shares

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम लागू गर्ने प्रयास जारी छ। यदि दुई पक्षबीच सम्झौता भयो भने, इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्छ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले हमासले आफ्नो हिरासतमा रहेका बन्धकहरूलाई रिहा गरेमा यो पूर्वनियोजित आक्रमणलाई रोक्न सकिने बताए।

यसैबीच, अमेरिकी विदेशमन्त्री अरब देशका राजनीतिज्ञहरूसँग वार्ता गर्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार एन्टोनी ब्लिन्केनले यो द्वन्द्व अन्य क्षेत्रमा नफैलियोस् भनेर जोड दिनेछन्।

शनिबार हमासले दुई बन्धकको भिडियो सार्वजनिक गर्दै उनीहरु जीवित रहेको प्रमाण दिएको थियो ।

अर्कोतर्फ, इजरायलमा पनि बन्धकहरुको रिहाइलाई लिएर व्यापक विरोध भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *