कलाकार सिपी लोहनीको निधन

डिसी नेपाल
१७ वैशाख २०८१ १६:४३

काठमाडौं। कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

८६ वर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *