गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा

डिसी नेपाल
१७ वैशाख २०८१ १६:४४

काठमाडौं । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागूऔषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ ।

उक्त डुङ्गाबाट ८६ किलो लागुऔषध बरामद भएको कोस्ट गार्डले जनाएको छ, जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड रुपैयाँ रहेको छ ।

कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो ।

गत महिना पनि कोस्ट गार्डले ८० केजी लागुऔषध बरामद गरेको थियो ।

गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी औषधिहरू भारतीय बजारका लागि नभई श्रीलंका लैजान लागिएको बताएका छन्।

विकास कुमारले भने, “एटीएसको सञ्जाल यस्तो भएकोमा मलाई गर्व छ कि हाम्रो पानी प्रयोग भइरहेको भए पनि, खरिदकर्ता भारतीय नभए पनि हामीले सही जानकारी पाउँछौँ।”

डीजीपीका अनुसार अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए, जो सबै बलुचिस्तानका नागरिक हुन्।

पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल लागुऔषधका ७८ प्याकेट भेटिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *