एमाले चितवनको ११ औं अधिवेशन : आर्थिक प्रतिवेदन उपसमितिको बैठक सम्पन्न

डिसी नेपाल
१८ वैशाख २०८१ १०:५७

चितवन। नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेको आर्थिक प्रतिवेदन उपसमितिको बैठक सम्पन्न भएको छ।

सोमबार पार्टी कार्यालयमा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा बसेको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो। बैठकले सबै उपसमितिहरुलाई बैठक बसेर आआफ्नो समितिमा लाग्ने खर्चको पूर्वानुमान गरी पेस गर्न निर्देशन दिएको उपाध्यक्ष पाठकले जानकारी दिए।

उनका अनुसार त्यसैगरी बैठकले आर्थिक समितिमा अन्य अनुभवि र अर्थ विज्ञ व्यक्तिहरुलाई थपेर समितको विस्तार गर्ने निर्णय समेत गरेको छ। यसैगरी अधिवेशनमा लाग्ने खर्चको स्रोत व्यवस्थापन के कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको उनले जानकारी दिए।

जेठको १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन्।

अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।

यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

नेकपा एमालेले प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । चितवनका एमाले नेता कार्यकर्ताहरु अधिवेशनको तीव्र तयारीमा जुटिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *