इरानी सुरक्षा बलले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा

डिसी नेपाल
१८ वैशाख २०८१ ११:१६

काठमाडौं । एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए। यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो।

यी कागजातहरू मार्फत बीबीसीले सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीलाई के भयो भन्ने कुरा पत्ता लगाउन सकेको छ ।

नौ दिनपछि उनको शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

बीबीसीले यी आरोपहरू इरानी सरकार र रिभोलुसनरी गार्डसमक्ष प्रस्तुत गरेको तर कुनै प्रतिक्रिया नपाएको बताएको छ ।

यो रिपोर्ट “अत्यधिक गोप्य” को रूपमा चिन्ह लगाइएको छ। यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो। यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ।

निकालाई गोप्य भ्यानमा राखिएको थियो र उनलाई जे भइरहेको थियो त्यो चिन्ताजनक थियो । एक व्यक्तिले उनको शोषण गर्यो ।

हातकडी लगाएर पनि निकाले विरोध गरिन् र हात खुट्टा हल्लाएर आफूलाई बचाउने प्रयास गरिन् । जसका कारण उनलाई लाठीले कुटिएको थियो ।

बीबीसीले यस विषयमा महिनौंदेखि अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *